राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १५ : २६
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । सोमबार भएको सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । 
 
बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० का दरले कुल ५ अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने छ ।

कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस