एजेन्सी । चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्याे ।
गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे ।
जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित