एजेन्सी । चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्याे ।
गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे ।
जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने