काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा सेना परिचालनसम्बन्धी निर्णय लिएसँगै प्रधानसेनापति प्रभुराम शर्माले विशेष निर्देशन जारी गरेका छन् ।
शर्माले विभागीय प्रमुखहरुको उपस्थितिमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई विशेष निर्देशन दिएका हुन् ।
शर्माले आआफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्न भनेका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग असरदार रुपमा समन्वय गरी कार्य गर्न, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्न पनि निर्देशन दिएका छन् ।
सोही क्रममा, प्रधान सेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरस पालना गर्न समेत निर्देशन दिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह