एजेन्सी । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् ।
दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० ले जानकारी दिएको थियो ।यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण भएको थियो । यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६।८ प्रतिशत भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ बैशाख २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो