काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको जानकारी दिए। अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले तत्काल छानबिन गरि दोषीमाथि कडा कारबाहीको उनले माग गरे ।
राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने बर्तौलाको भनाइ छ । खरालको घरका झ्यालका सिसा फुटेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै