एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्।
बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ। उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ।
“होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं,” साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् । थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ बैशाख २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा