काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरको नगरप्रमुख उम्मेद्वारका रूपमा अहिलेका मेयर विद्यासुन्दर शाक्यसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
एमाले काठमाडौँ नगर कमिटीले शाक्यसहित पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।
नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । ुकेन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछु, उनले भने ।
उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
काठमाडौंको मेयरमा रवि लामिछानेका दाजु हरिशरणको ‘उम्मेदवारी घोषणा’
जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली