काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरको नगरप्रमुख उम्मेद्वारका रूपमा अहिलेका मेयर विद्यासुन्दर शाक्यसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
एमाले काठमाडौँ नगर कमिटीले शाक्यसहित पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।
नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । ुकेन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछु, उनले भने ।
उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
दिक्तेलका मेयरले काठमाडौंमा सुरु गरे ‘सत्याग्रह’
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा