आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, १२ : ४०
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली

काठमाडौं । विभिन्न ७ बुदे माग राखी आजदेखि आमरण अनसन सुरु गरेका खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तिर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।

सहरी बिकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उपमहानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका संघको केन्द्रीय अध्यक्ष भिम प्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो ।

तिर्थराजको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।बाँस लगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने नगरपालिकाले राखेको सात सूत्रीय माग नेपाल सरकारले सम्बोधन नगरेपछि बाध्य भएर आफू आमरण अनसन सुरु भट्टराईले बताए ।

‘बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई उपयोगमा ल्याउन गत जेठ–२३ गते र असार–६ गते प्रधानमन्त्री केपी ओलीलाई पत्राचार गरेका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो’, उनले भने, ‘खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्छ । यसमा सरकार उदासीन देखियो ।’

प्रतिक्रिया दिनुहोस