काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच राजनीतिक सहमति भएपछि रविका दाजुले काठमाडौंको मेयरमा स्वतन्त्र उठ्ने घोषणा गरेका छन् ।
सम्झौतापछिको रवि र बालेनको तस्बिर सार्वजनिक गर्दै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।
उनले महानगरपालिकाको भावी मेयर पदमा स्वतन्त्र उम्मेदवारीको प्रवल सम्भावना रहेको भन्दै फेसबुकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
लामिछानेले फेसबुकमा लेखेका छन्, ‘दुई भाइको सम्झौता प्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रवल सम्भावना रहेको जानकारी गराउदछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
दिक्तेलका मेयरले काठमाडौंमा सुरु गरे ‘सत्याग्रह’
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति