काठमाडौं । ट्विटर सेयर किनेको जानकारी ढिला गराएको कारण सेयर बजारमा आफूहरूले घाटा व्यहोर्न परेको भन्दै ट्विटरकै केही संस्थापक सेयर धनीहरूले एलन मस्क विरुद्ध मुद्दा दायर गरेका छन् ।
एलन मस्कले ट्विटरको सेयर किनेको जानकारी ढिला गराउँदा प्री मार्केट सेयरमा उनीहरूले घाटा व्यहोर्न परेको उनीहरूको भनाई छ । मस्कले गत मार्च २४ मै ट्विटरको सेयर किने तापनि अप्रिल ४ तारिखमा मात्र उक्त सूचना सार्वजनिक भएको थियो । सूचना सार्वजनिक भएसँगै ट्विटरको सेयर २७ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० चैत्र २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो 'ट्रिलियनेयर' बन्ने दौडमा एलन मस्क
एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयर धनीहरूद्वारा रेकर्ड तलब योजना पारित