उपमेयरमा दावी पत्र पेश गरे संगै अधिक चर्चामा छन् टंकनाथ पौडेल

प्रकाश सिग्देल

मंगलबार, २९ चैत्र २०७८, १८ : ०२
उपमेयरमा दावी पत्र पेश गरे संगै अधिक चर्चामा छन् टंकनाथ पौडेल

चितवन । वरिष्ठ समाजसेवी युवाहरुको उर्जा प्रोढहरुको भरोसा युवा नेता तथा आध्यात्मिक व्यक्तित्व टंकनाथ पौडेलले भरतपुर महानगरपालिकाको उपमेयरमा दावी गरेसंगै उनको पक्षमा आम नगरवासीले आवाज उठाउन थालेका छन् । पौडेलले नेपाली कांग्रेस भरतपुर महानगर समितिलाई आइतबार आफ्नो दावी पत्र पेश गरे संगै घरदैलो अभियानलाई तिब्र बनाएपछि नयाँ आशा जागेको कांग्रेसका एक नेताले बताए । युवा नेता पौडेल कांग्रेस चितवनको पूर्व प्रदेश सभापति हुन् भने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भएर काम गरिसकेका छन् । अरु सयौ संघ संस्थामा नेत्रित्व गरेर नमुना काम गरी देखाएका छन् । उनले आफ्नो कार्यकालमा देवघाटलाई व्यवस्थित र सरसफाईयुक्त बनाउँन महत्वपूर्ण कार्यहरु गरेका छन् ।

नेता पौडेलले भरतपुरलाई गुरुयोजना बनाएर सुन्दर शहरको रुपमा विकास गर्न उपमेयरमा दावी प्रस्तुत गरेको बताएका छन् । पार्टीले टिकट दिए भरतपुरको मुहार फेर्न आफू सक्षम रहेको उनले बताए ।

राजनीतीमा त्याग पनि आवश्यक रहेको भन्दै पौडेलले यसपटक पार्टीले उपमेयरको टिकट दिनेमा विश्वस्त छन् । कांग्रेसबाट २४ जनाले उपमेयरको आकंक्षा गरेका छन् ।भरतपुर महानगरको विकासका लागि टंकनाथ पौडेल जस्तो सक्षम र सवल मान्छेलाई टिकट दिएर जिताउनुपर्ने वरिष्ठ समाजसेवी उमाशंकर अग्रवालले बताए ।

पौडेलले नि:स्वार्थ भावनाले निकै लागि परेर योजनाबद्ध रुपमा काम गर्ने भएकाले पौडेलको विकल्प आफुले नदेखेको अग्रवालले बताए ।पौडेल धेरै सामाजिक काम गरेको र राजनितीक भन्दा पनि धार्मिक र आध्यात्मिक व्यक्ति भएएकाले विपक्षी दलको पनि उनलाई  भोट आउने भएकाले टंकनाथ लाइ यस पटक टिकट दिनु पर्ने काग्रेसका नेताहरु बताउँछन ।  गरिव, बिपन्न दुखिहरुका लागि सेवामा सधै खटिने पात्र हुन पौडेल  । जिल्लामा उनकोे निकै राम्रो छवी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस