गृहमन्त्री खाण र अस्ट्रियाका राजदूतबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १६ : ५९
गृहमन्त्री खाण र अस्ट्रियाका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

भेटमा काठमाडौंबाट अस्ट्रियाको राजधानी भियनामा सिधा हवाई उडान गर्ने लगायतका विषयबारे छलफल भएको छ । यसै गरी यसअघिदेखि नै अस्ट्रियाले गर्दै आएको पुरातात्त्विक सम्पदा संरक्षणको क्षेत्रमा अझैँ सहयोग बढाउने विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ ।

नेपाल र अस्ट्रियाबिच सन् १९५९ अगस्त १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस