काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मुम्बईमा हुने एक मात्र खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । खेल पौने आठ बजे सुरु हुनेछ ।
चेन्नई आज पहिलो जितको खोजीमा रहेको छ । साविक विजेता चेन्नईले लगातार ४ खेलमा हार व्यहोरेको छ । चेन्नई अंक विहीन रहदै पुछारमा रहेको छ । तर, पाँचौ खेलमा भने चेन्नई अंक जोड्न चाहन्छ ।
बैंगलोर आज चौंथो जितको योजनामा रहेको छ । बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चेन्नईलाई हराए बैंगलोर शीर्ष स्थानमा उक्लनेछ ।दुई टोलीबीचको पछिल्लो नतिजामा चेन्नई बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा चेन्नईले ३ खेलमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित