काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरे ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा विगत ४ आ.व. देखी निरन्तररुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)