राजस्थान रोयल्स आईपीएलको शिर्ष स्थानमा

एजेन्सी

सोमबार, २८ चैत्र २०७८, ०७ : ४६
राजस्थान रोयल्स आईपीएलको शिर्ष स्थानमा

एजेन्सी । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउलाई ३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै मात्र १६२ रन बनायो ।लखनउका लागि क्विन्टन डी कोकले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३८ रन बनाउँदा दीपक हुड्डाले २५ रन तथा कुर्नाल पाड्याले २२ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि युजभेन्द्र चहालले सर्वाधिक चार विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिँदा प्रशिद्ध कृष्ण र कुलदीप शेनले एक–एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरकोे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । राजस्थानका लागि सिमरोन हेटमायरले ५९ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले १ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै देवदत्त पाडिकलले २९ रन बनाउँदा रवीचन्द्र आश्विनले २८ रनको योगदान गरे ।बलितर्फ लखनउका लागि जसन होल्डर र कृष्णप्पा गोथामले दुई–दुई विकेट लिए । त्यस्तै आवेश खानले एक विकेट लिए ।

जितसँगै राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पराजित लखनउ तालिकाको पाँचौ स्थानमा छ । लखनउले ५ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस