बेलायती प्रधानमन्त्रीले भने : अर्को लकडाउन नहोला भन्न सकिन्न

एजेन्सी

आइतबार, २७ चैत्र २०७८, ०८ : ५३
बेलायती प्रधानमन्त्रीले भने : अर्को लकडाउन नहोला भन्न सकिन्न

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् ।

जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे  । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए । 

शुक्रबार एक अन्तर्वार्तामा  उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन । ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।
 

प्रतिक्रिया दिनुहोस