एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् ।
आइतबार संसदमा उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भोटिङ हुँदा प्रस्तावको पक्षमा बहुमत पुगेसँगै उनी पदमुक्त भएका हुन् । पाकिस्तानको राष्ट्रिय सभामा १७४ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
अविश्वास प्रस्ताव पारित भएसँगै संसदलाई सम्बोधन गर्दै पीएमएल–एलका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानको संविधान र कानुन फेरि एकपटक स्थापित भएको बताए । यस्तै पाकिस्तानी पुपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिल एतिहासिक महत्वको दिन भएको बताए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ चैत्र २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान