काठमाडौं । नेकपा एमालेले विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ।
एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि रामलाल साह, बावुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको हो ।
शनिबार बसेको एमाले विराटनगर महानगर कमिटीको बैठकले केन्द्रलाई सो नाम सिफारिस गरेको हो।
विराटनगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम समेत चर्चा रहेपनि उनको नाम सिफारिस नभएको एक नेताले बताए ।
यस्तै एमालेले उपप्रमुखमा अन्जु उपाध्याय, शिल्पा कार्की र बिमला घिमिरे दाहालको नाम सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ चैत्र २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम