काठमाडौं । नेकपा एमालेले विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ।
एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि रामलाल साह, बावुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको हो ।
शनिबार बसेको एमाले विराटनगर महानगर कमिटीको बैठकले केन्द्रलाई सो नाम सिफारिस गरेको हो।
विराटनगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम समेत चर्चा रहेपनि उनको नाम सिफारिस नभएको एक नेताले बताए ।
यस्तै एमालेले उपप्रमुखमा अन्जु उपाध्याय, शिल्पा कार्की र बिमला घिमिरे दाहालको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ चैत्र २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति