चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर अस्पताललाई 'सेन्टर अफ एक्सिलेन्ट'को रूपमा विकास गर्न लागि पर्ने बताएका छन । भरतपुर अस्पतालको ५९ औ वार्षिकउत्सबको अवसरमा शुभकामना व्यक्त गर्दै उनले देशकै मध्यभागमा रही विशाल पूर्वाधार र विशेषज्ञ सेवा सहित मध्य नेपालका जिल्लाहरूका बिरामिहरूलाई सेवा पुराईरहेको बताउँदै यस अस्पताललाई मेडिकल कलेज सहित शिक्षा र स्वास्थ्यलाई एकिकृत ढंगले अगाडी बढाउँन काठमाडौं गए लगत्तै काम थालनि गर्ने समेत बताए ।
सो अवसरमा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा यस अस्पतालको भौतिक पूर्वाधार निर्माण र सेवा विस्तारको लागि आवश्यक पहलकदमी लिइरहेको बताउँदै भोलिको दिनमा पनि सहयोग निरन्तर रहने बताए । उनले बिरामीहरूको समयमै गुणस्तरिय ढंगले उपचार गरी नागरिकका स्वास्थ्य सेवालाई सरलिकृत ढंगले अगाडी बढाउँन चिकित्सक तथा अस्पताल प्रशासनलाई आग्रह समेत गरे । उनले विरामी कुरूवा घर र एन एक्स ब्लक र ट्रमा सेन्टरको उद्धाटन समेत गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पतालले नागरिकहरूलाई पूर्याएको विशेषज्ञ सेवा प्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिकाकै पहलमा यस अस्पताललाई केन्द्रिय अस्पतालको स्तर वृद्दि गरी संघिय अस्पतालको रूपमा विकास गरिएको बताईन् । यस अस्पतालको आधुनिक भौतिक पूर्वाधार निर्माण र गुणस्तरिय स्वास्थ्य सेवा प्रधान गर्न हरदम सहयोग पूर्याएको बताउँदै आउदा दिनहरूमा पनि यस अस्पतालले प्रधान गर्ने सेवालाई थप व्यवस्थित र गुणस्तरिय ढंगले अगाडी बढाउँन आग्रह गरेकी थिईन् । भरतपुर महानगरपालिकाको विशेष पहलमा अत्याधुनिक विरामि कुरूवा घर निर्माण गरी संचालनमा आएको समेत बताईन्।
सो अवसरमा भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य बिजय सुबेदीले अस्पतालले पछिल्ला दिनहरूमा सेवा विस्तार र पूर्वाधार विकासमा उल्लेख्य रूपमा विकास गरिएको भन्दै यसलाई विशेषज्ञ सेवाहरूको केन्द्र बनाउनु पर्ने बताए ।सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्व पौडेलले अस्पतालको बृहत्तर विकासको लागि सधै सहयोग पूर्याउने बताएका थिए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालले विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधारहरू विकास गर्दै लगिएको बताए ।भरतपुरमा ट्रमा सेन्टर ,लगायतका अन्य सेवामा विशेषज्ञ सेवा प्रदान गरिएको बताए । कार्यक्रममा डा अधिकारीले अस्पतालले भोलिका दिनहरूमा गर्नुपर्ने भूमिका र समस्याहरूको बारेमा जानकारी गराएका थिए ।
५९ औ बार्षिकउत्सवको अवसरमा अस्पतालको विभिन्न विभागमा रहेर उत्कृष्ठ सेवा प्रदान गर्ने चिकित्सक तथा कर्मचारिहरूलाई सम्मान गरेको थियो ।वार्षिकउत्सब कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा सुनिलमणि पोखरेलले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
प्रचण्डले दिए दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई
परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ