काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ ।
डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु-याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो ।सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन
राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा
म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित
म्याग्दीमा महावीर पुनलाई गन्न बाँकी मतभन्दा बढी मतान्तरको अग्रता
म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता
म्याग्दी–१ : स्वतन्त्र उम्मेदवार महावीर पुनः अग्रस्थानमा