लमजुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।
मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले नयाँ पाँच दलले नाम दर्ता गराएका छ्न् ।
जसमा राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका हुन् ।
आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की