काठमाडौं । साताव्यापी करेक्सनपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ३५ अंकमाथिको सुधार आएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से ३५.६६ अंकले बढ्दै २४ सय ६४.३१ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ । आज सबैजसो उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली हुँदा सबैभन्दा बढी अन्य समूहको ३.५९ प्रतिशतले बढेको छ ।
यस्तै, व्यापार समूहको २.६२ प्रतिशतले बढ्दै गर्दा यता जीवन बीमा समूहको १.९२ प्रतिशतले, फाइनान्स समूहको १.३५ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३३ प्रतिशतले, बैंकिङ र होटल तथा पर्यटन समूह समान १.१४ प्रतिशतले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार