सिरहा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
सिरहाको मिर्चैयामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताएका हुन् ।
संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको बताउँदै उनले अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गरिने बताए ।
एकअर्काे प्रसंगमा उनले पार्टीभित्र अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री र साविक अध्यक्ष केपी ओलीले संसद विघटनको प्रयास गरेको बताए । तर, ओलीको प्रतिगमनलाई गठबन्धनले परास्त गरेको प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड