आर्थिक संकटमा मुलुक फस्दै

पत्रपत्रिकाबाट

विहीबार, २४ चैत्र २०७८, ०७ : ५४
आर्थिक संकटमा मुलुक फस्दै

काठमाडौं । बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

यी दुईखाले समस्याको मूल कारणका रूपमा कोभिड महामारीलाई लिइए पनि यसको जड क्रिप्टोकरेन्सी, विटक्वाइन र अवैधानिक हाइपरफन्डलगायतका नेटवर्क बिजनेस रहेको पनि अर्थविद्हरू बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूमा पैसा राख्न र झिक्न पनि गाह्रो भएकाले बैंकहरूमा निक्षेप नगरी घरमै रकम राखिएको भनिएता पनि यसको कारण भने हाइपरफन्डजस्ता फन्डमा अवैधानिक रूपमा पैसा गएकाले हो । रेमिट्यान्स नभित्रिनुमा कारण पनि हाइपरफन्डजस्ता नेटवर्क विजनेसमा गएको लगानीले गर्दा हो ।

भक्तपुरका एक इँटा व्यवसायी भन्छन्, ‘बैंकमा ब्याज नै कम छ, हाइपर फन्डमा १ लाख लगानी ग¥यो भने १ वर्षमा नै साँवाभन्दा बढी ब्याज पाइन्छ ।’ राष्ट्र बैंकले यस्ता लगानी अवैधानिक भने तापनि नेपालबाट दिनकै ५ करोडभन्दा बढी हुन्डीमार्फत र अन्य च्यानलबाट पैसा बाहिर जान थालेको छ । जसले गर्दा पनि बैंकहरूमा निक्षेप बढ्न सकेको छैन ।

प्रत्यक्ष हुन्डी गर्न नसक्नेले अप्रत्यक्ष रूपमा हाइपर फन्डहरूमा लगानी गरेका छन् । दाङका एक व्यवसायीले भने, ‘भाइ कतारमा छन्, अनि भान्जा अमेरिकामा ।’ उनी यता लगानी गर्नेहरूसँग पैसा असुल्छन् अनि भाइ र भान्जाले उताबाट डलरमा हाइपर फन्डमा पे गर्छन् । यस्तो कार्य गर्दा नेपालमा रेमिट्यान्सबाट डलर नभित्रिएको र नेपालमा डलरको अभाव हुन थालेको हो ।

यद्यपि, यति कारणले मात्र नेपालमा आर्थिक अवस्था समस्याउन्मुखतर्फ गएको भने पक्कै होइन ।अर्थविदहरू भन्छन्, ‘कोभिडका बेला धेरैजसो व्यवसाय चौपट भए पनि घरजग्गा र सेयर बजार भने समस्याग्रस्त भएन । जसले गर्दा धेरैले घर जग्गाको मूल्य बढाउँदै बेचबिखन गर्दै सौखिन हुँदै विलासिताका सामान किन्न थाले ।’

घरजग्गा र सेयरबजारबाट आम्दानी हुन थालेपछि गाउँघरमा सजिलै उब्जनी हुने तोरीसमेत छर्न बन्द हुन थालेको छ । राजधानी दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस