शेर बहादुर देउवा आज सिंगापुर जाँदै

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, ११ : ०६
शेर बहादुर देउवा आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए ।

जेन जी आन्दोलनको दोस्रोदिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउको १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।

प्रतिक्रिया दिनुहोस