चीन । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवात पछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाईमा लकडाउन घोषणा गरिएको छ ।
सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो ।
तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्र बढिरहेको छ । बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ ।
परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाई क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ चैत्र २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल