सिटी र लिभरपुल विजयी

एजेन्सी

बुधबार, २३ चैत्र २०७८, ०८ : १४
सिटी र लिभरपुल विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मंगलवार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १(० अन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । 

बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले  एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ ।

अर्को खेलम लिभरपुलले बेन्फीका माथी ३(१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे ।पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे ।  अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस