त्रिकोणात्मक टी-ट्वान्टी

उपाधिका लागि पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १२ : ०९
उपाधिका लागि पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङकाे निम्तो पाएको हो । 

नेपाल अपराजित रहँदै सिरिज उपाधि जित्न चाहन्छ । तर, पीएनजी पनि सोही दाउमा हुनेछ । नेपालले लिग चरणका चार खेलमा नै सहज जित निकाल्दै उपाधि यात्रा तय गरेको थियो । त्यसकारण पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । नेपाललाई आज पीएनजीलाई स्तब्ध पार्दै एकदिवसीय सिरिजको बदला लिने मौका पनि छ । घरेलु मैदानमै यसअअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।

नेपाली टाेलीः-

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा ।

प्रतिक्रिया दिनुहोस