काठमाडौं । अस्पतालको बेड, घाइते शरीर, घाउको दुखाइ, पटक पटक बल्झिने विगत । जनयुद्धको क्रममा मकवानपुरको झुरझुरेमा सेनाको गोली लागेर घाइते बनेका पूर्वजनमुक्ति सेनाका सिपाही भक्त राना यतिबेला मुलुककै पुरानो वीर अस्पतालमा विगत २ महिनादेखि उपचाररत छन् । काभ्रेको महाभारत गाउँपालिकाका बासिन्दा उनी मकवानपुरको झुरझुरे भिडन्तमा घाइते भएका थिए ।
रानाको अहिले उपचारको क्रममा दुबै खुट्टा कम्मरमुनिबाट काटिएका छन् । अस्पताल पुग्दा सग्ला खुट्टा अहिले उनीसँग छैनन् । तर उनका सपना र आदर्श अहिले पनि सग्ला छन् । उनी शारीरिक रूपमा पूर्णतः अपांग बने पनि उनको विचार र आस्था अपाङ्ग बनेको छैन । उनको पार्टी माओवादीप्रतिको विश्वास मरेको छैन, जीवनप्रतिको आशा टुटेको छैन । अस्पतालको बेडमा लडिरहेका उनी भन्छन्– मलाई अरू धेरै इच्छा छैन, माओवादीले जितेको देख्ने इच्छा छ ।’
काभ्रेकै जनमुक्ति सेनाका एक कमाण्डर एमालेमा गएको प्रसंग कोट्याउँदै रानाले भने, ‘ती कमाण्डरले माओवादी छाडेर गल्ती गरेका छन् ।’ माओवादीमा लागेर आफूलाई कुनै पछुतो नभएको भन्दै उनले बरु माओवादी छाडेर जानेहरूले गल्ती गरेको बताए ।
घाइते योद्धा भक्तको उपचारमा जीवनसंगिनी वर्षा रानाले पूरै साथ दिएकी छिन् । उनको सेवा र उपचारमा कुनै कसर बाँकी राखेकी छैनन् । अन्नपूर्ण न्युरो अस्पतालको महंगो उपचारदेखि अहिलेसम्म १० लाख बढी भक्तकै लागि खर्च भइसकेको वर्षाले बताइन् ।
भक्तलाई भेट्न माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेपछि उनी र उनको परिवारलाई माओवादी पार्टीप्रति झन बढी माया, आस्था र विश्वास जागेको रानाले बताइन् । ‘हामीले हाम्रो जीवन माओवादी आन्दोलनमा होम्यौं, अहिले पनि पार्टीप्रति हाम्रो आस्था र विश्वास डगमगाएको छैन । माओवादी पार्टीले विगतका मुद्धा नछोडोस्, जनयुद्धको इतिहास, योगदान, घाइते योद्धाहरु र जनतालाई नभुलोस्, हाम्रो यत्ति नै चाहना छ ।’
घाइते योद्धा भक्तको उपचारका लागि देश विदेशमा रहेका माओवादी कार्यकर्ता तथा शुभचिन्तकहरुले केही आर्थिक सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन