काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ ।
न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सरेको हो ।
इजलासमा पक्ष र विपक्षका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले मुद्दा आफूले हेर्न नमिल्ने जानकारी गराएका थिए ।
उनले यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले यस मुद्दाको सुनुवाइमा बस्न नमिल्ने बताएका हुन् ।
उनले इजलासमा नबस्ने भनेपछि निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
माधवकुमार नेपालले गरे रौतहट-१ बाट उम्मेदवारी दर्ता
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल