धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच तालमेल हुने निर्णयले जनविरोधीहरुको निन्द्रा हराएको टिप्पणी गरेका छन् ।
आइतबार समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले चुनावी तालमेलको निर्णयले नागरिक भने उत्साहित भएको दावी गरे ।
‘विन–विनको अवस्थामा चुनावी तालमेल गर्ने सकारात्मक सहमतिले जनता उत्साहित भएका छन्,’ अध्यक्ष नेपालले भने, ‘तर जनविरोधीको मुख चाउरिएको छ, निन्द्रा हराएको छ । जे पायो त्यही बर्बराउन थालेका छन् । जथाभावी बोल्न थालेका छन् । बेहोस हुुन बेर छैन ।’
अध्यक्ष नेपालले अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरे । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादी पार्टीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा