मालीमा २ सयभन्दा बढी विद्रोही मारिए

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १५ : ३९
मालीमा २ सयभन्दा बढी विद्रोही मारिए

काठमाडौ ।  माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना विद्रोही मारिएको जनाएको छ।

मार्च २३-३१ मा मोरा क्षेत्रमा गरिएको अपरेशनमा ५१ विद्रोहीलाई हिरासतमा लिएको  सेनाले जनाएको छ।  सेनाले ठूलो संख्यामा हतियार बरामद गरेको छ। सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भूभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर बन्दै आएको छ।

इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस