आफ्नो ज्यान जोखिममा रहेको इमरान खानको दाबी

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १३ : ११
आफ्नो ज्यान जोखिममा रहेको इमरान खानको दाबी

काठमाडौ ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । आफूविरुद्ध संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि प्रधानमन्त्री खानले यस्तो दाबी गरेका हुन् । 

उनले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तरवार्तामा प्रधानमन्त्री खानले  देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र  प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए।

आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई  जानकारी गराउन चाहन्छु । विपक्षीले  मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्व क्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।

प्रतिक्रिया दिनुहोस