चितवन। चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा रहेको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा विष्णुप्रसाद बास्तोला निर्विरोध चयन भएका छन् ।
शुक्रवार भरतपुरमा भएको तेस्रो अधिवेशनले बास्तोलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा रोशन पट्टेल र सचिव कला बसेल निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा अस्मिता ज्ञवाली र सहसचिवमा अनु पौडेल चयन भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ माओवादी निकट जनस्वास्थ्यकर्मीको छाता सङ्गठन हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित