काठमाडौं । एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका थिए ।
यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो पटक छनोट भएको थियो । यसअघि ७७ सालको लिग उपाधि जितेपछि मछिन्द्र एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगिता खेल्न बंञ्चित भएको थियो ।
यो खेलको विजेताले दोस्रो चरणको खेलमा भारतको मोहन बगानको सामना गर्नेछ । यस खेलको विजेताले समूह चरणमा स्थान बनाउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध