मोदी सरकारले बढायो सरकारी कर्मचारीको महंगी भत्ता

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १६ : २६
मोदी सरकारले बढायो सरकारी कर्मचारीको महंगी भत्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले केन्द्रीय कर्मचारीले पाउने महंगी भत्तामा ३% वृद्धि गरेको छ ।सरकारले आगामी १ जनवरीदेखि लागू हुने गरी भत्ता बढाउने निर्णय गरेको छ । कर्मचारी र पेन्सनभोगीलाई ३४% महंगीभत्ता दिने निर्णय सरकारले गरेको छ । यसअघि ३१% भत्ता मिल्ने गरेको थियो ।

महंगीभत्ता बढाएपछि सरकारलाई थप १० हजार करोड आर्थिक भार पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस