प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन: मुख्यमन्त्री पोखरेल

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १३ : ४१
प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन छैन: मुख्यमन्त्री पोखरेल

चितवन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसरकारसँग पर्याप्त स्रोत र साधन नभएको बताएका छन ।आज (बुधबार) चितवनमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले नारायणी कटान चितवन नवलपुरका लागि मुख्य समस्या भएको बताउँदै तटबन्धका लागि पर्याप्त स्रोत र साधन अभाव भएको बताए ।

प्रदेश सरकारले अझै पनि केन्द्र सरकारकै भर पर्नु परिरहेको समेत उनले गुनासो गरे। नवलपुरका लागि अझ ठूलो समस्या रहेको तर ठूलो परियोजना समेत भएकाले तटबन्धका लागि केन्द्र सरकारकै भरमा बस्नुपरेको उनको भनाइ छ ।

अहिले डिपिआर नै बनाएर नारायणी तटबन्धका लागि केन्द्र सरकारले बजेट समेत दिएको बताउँदै प्रदेशबाट सक्ने बजेट निरन्तर पठाएर नारायणीबाट हुने क्षति रोक्ने काम भइरहेको उनले बताए । उनले प्रदेशकै लाईफलाईन मानिएको कोरला त्रिवेणी सडक खण्डको रोकिएका ठाउँमा समेत काम सुरु गर्ने पहल भईरहेको बताए।

निकुञ्जका कारण रोकिएको स्थानमा काम गर्न केन्द्रका मन्त्रालयसँग सहमति गरी काम अगाडी बढेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस