काठमाडौं । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर निर्णय सुनाउने पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
रिजालका अनुसार बैठक आज सकिनेछ । गठबन्धनसहित चुनावमा जाने वा एक्लै भिड्ने भन्नेबारे एकमत नहुँदा निर्णय गर्न सकस हुने देखिएको छ । पार्टी सभापति, पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा छन् भने नेता शेखर कोइरालाले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अडान छोडेका छैनन् ।
बैठकले आगामी चुनावको लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक आज पनि बस्ने
गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने
कांग्रेस बैठक निरन्तर : सोमबार फेरि बस्ने
यस्तो छ महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव (पूर्णपाठ)
धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक सुरु
कांग्रेस बैठकमा खाणमाथि निलम्बनबारे छलफल, भोलि निर्णय लिने