मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

एजेन्सी

मंगलबार, १५ चैत्र २०७८, १० : ५९
मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

किभ । युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ ।

रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रतिउत्पादक’ हुने बताएका छन् । 

युद्ध चर्किरहेको बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन् । त्यस्तै युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन् । राजधानी किभनजिक भएका हमलामा विद्युत् सेवा अबरुद्ध भएका छन् । विद्युत् अबरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरुले बताएका छन् ।  

युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी सहर मारिओपोलमा कम्तीमा ५ हजार शव गाडिएको बताएका छन् । तर, रुसी गोलाबारीका कारण विगत १० दिनदेखि शव संकलन हुन सकेको छैन । युक्रेनी विदेश मन्त्रालयले सहरको मानवीय अवस्थालाई विपत्तिजनक भनेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस