कांग्रेस बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने माग

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १७ : ५४
कांग्रेस बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने माग

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषय उठेको छ । बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग्नु पर्ने बताएका हुन् । 

अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने स्नेहीले बताए । अर्थतन्त्र सुधारमा आवश्यक पहल कदमी नलिएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न केन्द्रीय सदस्य स्नेहीले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।