रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी

आइतबार, १३ चैत्र २०७८, १७ : ०१
रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ ।

रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो । डिपोमा बम आक्रमणपछि आगलागी भएको थियो । बीबीसीका अनुसार लभिभ क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसले तेल भण्डार डिपोमा आक्रमण गर्दा पाँच जना युक्रेनी घाइते भएका र आगलागीले इन्धन भण्डारण केन्द्र र एउटा कारखानामा क्षति पुगेको बताएका छन् । त्यस्तै तेल बोक्ने धेरै ट्यांकरहरु जलेर खरानी भएका छन् ।

रुसले बिना कारण गत फेब्रुअरी २४देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसी आक्रमणका कारण युक्रेनको सम्पूर्ण क्षेत्र तहस नहस भएको छ । युद्धबाट जोगिन ३५ लाख युक्रेनी नागरिक आफ्नो देश छोडेर छिमेकी देशमा शरणार्थीका रुपमा शरण लिन पुगेका छन् । रुसले सोचे बिपरित युद्ध लम्बिदै गएपछि रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको छ । शक्तिशाली मानिएको रुसी सेनाबिरुद्ध लड्न युक्रेनी सेनाले हार भने मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस