काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचार प्रसार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरिरहेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरेका हुन् ।आइतबारको बैठकमा अहिलेसम्म १३ जनाले रिपोर्ट प्रस्तुत गरेका केन्द्रीय सदस्य मिनाक्षी झाले जानकारी दिइन् ।
‘शुक्रबारको बैठकमा २२ जनाले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो, आज बाँकीले बुझाउँदै हुनुुहुन्छ,’ झाले भनिन् । उनका अनुसार चुनावी अभियानमा खटिएका अधिकांशले कांग्रेस आगामी चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्ने काँग्रेस बैठकमा सुझाव