उच्च मुद्रास्फीतिसँग जुध्न अर्जेन्टिनालाई ४४ अर्ब डलर ऋण

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १६ : ००
उच्च मुद्रास्फीतिसँग जुध्न अर्जेन्टिनालाई ४४ अर्ब डलर ऋण

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ।

'अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधा (EFF) अन्तर्गत ३०-महिना विस्तारित व्यवस्थालाई अनुमोदन गर्‍यो', शुक्रबार विज्ञप्तिमा भनिएको छ।

आईएमएफले सार्वजनिक गरेको विज्ञप्तिमा अर्जेन्टिनाको वित्तलाई सुदृढ पार्ने र निरन्तर उच्च मुद्रास्फीतिलाई कम गर्न लक्ष्य राखेको जनाएको छ।अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेको छ। जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ बोकिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस