तेह्रथुम । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेको छ । ६ वटा स्थानीय तह रहेको जिल्लामा एउटै पालिकामा मात्रै गत निर्वाचतमा जित पाएको कांग्रेसले आसन्न निर्वाचनमा सबै पालिका जित्ने तयारीकासाथ कार्यकर्ता भेटघाट सुरु गरेको हो ।
गत निर्वाचनमा कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र ९क० र ९ख० साथै संघीय सांसदसमेत गुमाएको थियो । यही ३० बैशाखमा हुन गई रहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघमा जित सुनिश्चत गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरुसँग भेटघाट र अन्तरकृया बढाउन थालेको हो ।
अभियानमा केन्द्रीय सदस्य सिता सुरुङसहित महासमिति सदस्यहरु,महधिवेशन प्रतिनिधिहरु,जिल्ला सभापति पूर्व जिल्ला सभापतिलगायत जिल्ला, क्षेत्र,पालिका र वडास्तरका नेता तथा कार्यकर्ताहरु अभियानमा जुटेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)