भरतपुर महानगरकी मेयरले गरेको कार्य प्रंशसायोग्य छ : प्रचण्ड

प्रकाश सिग्देल

शुक्रबार, ११ चैत्र २०७८, १६ : ३८
भरतपुर महानगरकी मेयरले गरेको कार्य प्रंशसायोग्य छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको कार्यक्षमताको प्रंशसा गरेका छन् ।

राष्ट्रिय राजनितीमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एकढिक्का बनाइराख्न खेलेको भुमिका उच्च रहेको भन्दै प्रंशसा गरे ।भरतपुर महानगरको नयाँ प्रकाशकीय भवनको शुक्रवार शिलान्यास पछि सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच भएकै कारण महानगरको यति धेरै विकास सम्भव भएको बताए ।

मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति सकरात्मक सोच मात्र भेटे कांग्रेस र एमालेका जनप्रतिनिधि सबै लाई आफनै परिवार जस्तै माया गर्ने र आफनै देख्ने जतिबेला पनि सकारात्मक सोची रहने कार्य क्षमताका  कारण महानगरको विकासले तीव्रता पाएको प्रचण्डको दावी थियो । करिव २३ मिनेट बोलेका प्रचण्डले मेयर दाहालको प्रसंसा गरे भने चितवन नवलपुर र मकवानपुर जोडेर प्राधिकरण बनाएर बृहत विकास गर्ने योजना पनि सुनाए ।

भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । स्थानीय तह र प्रदेश तथा संघको चुनावमा फरक पार्टीसँग गठबन्धन गर्नुपरेको परिस्थितिमा समेत भरतपुर महानगरमा त्यसको असर नदेखिएको उनको भनाई थियो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन । २ वटा लिफ्ट सहितको अत्याधुनिक बेसमेन्ट माथी ६ तले प्रशासनिक भवन साढे दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रदेश सरकारले सम्झौता रकमको ५० प्रतिशत स्रोत सुनिश्चितता गरेको र अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको सुनिश्चितता भएको मेयर दाहालको भनाई छ । रकम अपुग भए केही रकम महानगरले जोहो गर्ने उनले बताईन् । काम गर्न चाह्यो भने सम्भव रहेछ भन्ने कुरा आफुले गरेर देखाएको दाहालको भनाई छ । 

प्रतिक्रिया दिनुहोस