काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बसेको हो । उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ ।
चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरू पदेन सदस्य हुन्छन् । सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ । महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ ।
उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिले गर्नुपर्दछ । प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले देशभरका ६ हजार ७४३ वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्ने अधिकार विधानले अधिकार दिएको छ ।
कांग्रेस संस्थापनइतर पक्षले विधान अनुसार टिकट वितरणको अधिकार सबन्धित संरचनालाई दिनुपर्ने तर्क राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै