काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार नेपाली समय अनुसार आज शुक्रबार राति ९ बजेका लागि बैठक बोलाइएको हो ।
शर्माका अनुसार संघको ८३ औं बैठकमा भोलि शनिबारदेखि सुरू हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा