रुसको सीमा नजिकै ३० हजार नेटो सैनिक तैनाथ, युद्धाभ्यास गर्दै

एजेन्सी

विहीबार, १० चैत्र २०७८, ०९ : ०२
रुसको सीमा नजिकै ३० हजार नेटो सैनिक तैनाथ, युद्धाभ्यास गर्दै

एजेन्सी । रुस–युक्रेन युद्ध जारी रहेकै बेला अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोका ३० हजार सेना रुसको सीमा नजिकै तैनाथ भएका छन् ।
सीमा नजिक तैनाथ रहेका नेटो सेनाले परमाणुदेखि पनडुब्बीसम्मका अभ्यास गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेटो सेना रुसको सीमासम्मै तैनाथ भएपछि रुस–युक्रेन युद्ध नयाँ मोडमा पुग्ने देखिएको छ । युद्धमा हालसम्म रुसका ७० भन्दा बढी फाइटर विमान र १०० भन्दा बढी हेलिकप्टर नष्ट भइसकेका छन् ।

युक्रेनमाथि आक्रमण भएपछि अमेरिकी गठबन्धनमा रहेका देशले रुसमाथि विभिन्न खाले प्रतिबन्ध समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस