काठमाडौं । हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको अभियोगमा अष्ट्रेलियामा एक जना नेपालीलाई झण्डै ४ वर्षको जेल सजाय सुनाइएको छ ।
अष्ट्रेलियाका भिक्टोरिया काउन्टी अदालतले भरत केसी नाम गरेका एकजना नेपालीले हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको भन्दै उनलाई ४६ महिनाको जेल सजाय सुनाएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएको छ ।
झण्डै दुई वर्षअघि अष्ट्रेलियामा नेपाली समुदायका सदस्य र सञ्चारकर्मीको रोहबरमा उनले ठगी गरेको रकम फिर्ता गर्ने र आइन्दा यस्तो काम नगर्ने लिखित बाचा गरेपनि उनले ठगी धन्दा भने छाडेका थिएनन् ।अष्ट्रेलियाको कानूनअनुसार एक वर्षभन्दा धेरै जेल सजाय दिइएका व्यक्तिलाई देश निकाला गर्ने प्रावधान छ । यसका लागि अध्यागमन निकायलाई समेत सूचित गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, १६ : ५०
लेखकबाट थप