पपुवा न्यूगिनीले नेपाललाई दियो १७४ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १५ : ३१
पपुवा न्यूगिनीले नेपाललाई दियो १७४ रनको लक्ष्य

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस